Logo

श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडि बढाउन जरुरी छ : नेता पौडेल



काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेद्‍‍वार रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडि बढाउन जरुरी रहेको बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको ७७ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडि बढाउन जरुरी रहेको बताएका हुन्।

उनले भने, ‘हामीले मलुकलाई अगाडी बढाउनको लागि सबैभन्दा बढी श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडि बढाउनु जरुरी छ। आज हाम्रा जम्मै गाउँघर, पाखाहरु बाँझो छन्। हामी विदेशबाट खानेकुरा ल्याएर खाइराखेका छौँ। अरबौँ, खरबौँको आयात गरेका छौँ। धान्ने कसरी हो ? त्यसकारण श्रम गरेर, आफ्नै भूमिमा पाखुरा बजारेर हामीले हाम्रो राष्ट्रलाई उठाउनुपर्छ।’



प्रतिक्रिया दिनुहोस्