Logo

सरोजकुमार उपाध्यायको अन्त्येष्टि आज



काठमाडौं, २२ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको आज अन्त्येष्टि गरिने भएको छ । स्वर्गीय नेपालका छोरीहरु आजमात्रै नेपाल आइपुग्ने भएकोले उनको अन्त्येष्टिमा ढिलाइ भएको हो । सरोजकुमारको शनिबार काठमाडौंको एक रेष्टुरेन्टको ६ तलाबाट खसेर निधन भएको हो ।

उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका आज २ घण्टा पार्टी कार्यालयमा राखिने भएको छ । दिउँसो १ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिने उपमहासचिव गंगालाल तुलाधरले बताए । त्यसपछि आजै अन्त्येष्टि गरिने बताइएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot