Logo

होलीमा सुरक्षाका लागि २७ हजार सुरक्षाकर्मी परिचालन



काठमाडौं, २२ फागुन । फागुपूर्णिमाका अवसरमा देशभर सामान्य सुरक्षाका लागि बाहेक २७ हजार सुरक्षाकर्मी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

होलीका अवसरमा अहिलेसम्म देशभर कुनै अप्रिय घटना भएको छैन । राजधानीलगायत मुख्य सहरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । राजधानीमा नियमित बाहेक पनि ६६ भन्दाबढी स्थानमा जाँच गरिरहेको प्रहरीले जनाएको छ ।

यस वर्ष विगतमाभन्दा फागु पर्व सभ्य देखिएको प्रहरी प्रवक्ता पोखरेलले बताए । अहिलेसम्म उच्छृङ्खल गतिविधि गर्ने कसैलाई पनि प्रहरीले यिनन्त्रणमा लिएको छैन । सहरका भित्री भागमा फागुपूर्णिमाका अवसरमा धेरै चहलपहल छैन । होलीको चहलपहलमा उत्रनेले पनि फागुपूर्णिमाका अवसरमा अरुलाई आक्रमण गरेका छैनन् । समग्रमा फागुपूर्णिमाका अवसरमा मानिस सभ्य बन्दै गएको देखिन्छ । File Photo



प्रतिक्रिया दिनुहोस्