Logo

पूर्वविद्यार्थी समाजको सहयोगमा बनेको ई–लाइब्रेरी भवन हस्तान्तरण



काठमाडौं, २२ फागुन। भोजपुरको पूर्वी अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा रहेको शारदा माविमा बनेको ई–लाइब्रेरी भवनको उद्घाटनसँगै हस्तान्तरण गरिएको छ । विद्यालयमा अध्ययतरत पूर्वविद्यार्थी समाजको सहयोगमा भवन निर्माण भएको हो ।

भवनको अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र पूर्वविद्यार्थी समाजका अध्यक्ष दीपकराज सापकोटाले संयुक्तरूपमा उद्घाटन गरेका ह्ुन् । विद्यालयमा अध्ययरत पूर्वविद्यार्थीको सहभागितामा भवन उद्घाटनसँगै हस्तान्तरण गरिएको छ ।

उक्त समारोहमा गाउँपालिका अध्यक्ष खत्रीले पूर्वविद्यार्थी समाजले स्थानीय सरकारलाई अनुकरणीय सहयोग गरेको भन्दै प्रसंशा गरे । साथै उनले अहिले गाउँपालिकाको गतिविधि र गाउँपालिकाभित्रका समस्याहरु स्थानीय नागरिकलाई सुनाए ।

 



प्रतिक्रिया दिनुहोस्