Logo

नेपालले दियो युएईलाई २ सय ३० रनको लक्ष्य



काठमाडौं, २२ फागुन । आइसिसी विश्वकप लिग- २ त्रिकोणात्मक सिरिज अन्तर्गत युएईविरूद्ध नेपालले २ सय ३० रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गर्दै खराब सुरुवात गरेको नेपाललका लागि भीम सार्कीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्‍याए।

नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको हो। पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सार्कीले ९९ बल खेल्दै ७ चौकासहित ७० रन बनाएर आउट भए। उनी ४३औं ओभरको तेस्रो बलमा रोहन मुस्ताफाको बलमा बोल्ड हुनुअगाडि सन्दीप लामिछानेसँग ५६ रनको साझेदारी गरे भने आरिफ शेखसँग पनि ५६ रनको साझेदारी गरे।

नेपालका लागि कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ रन बनाए। यस्तै करण केसीले ११ बलमा १७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ११, आरिफ शेख ६, रोहित पौडेल १ र दीपेन्द्र सिंह ऐरीले ४ रन बनाए। आरिफ शेखले नटआउट ४३ रन बनाउँदा प्रतिश जिसीले नटआउट ११ रन बनाए।



प्रतिक्रिया दिनुहोस्

Screenshot