Logo

कहिले छाड्लिन् राष्ट्रपति भण्डारीले शीतलनिवास ?



काठमाडौं, २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लागेको छ । उनको कार्यकाल आगामी फागुन २८ मा सकिने छ । उनको कार्यकाल सकिनै लाग्दा आगामी फागुन २५ गते नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । राष्ट्रपतिको प्रतिस्पर्धीमा दुई पूर्वसभामुखहरु रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ रहेका छन् । पौडेल आठ दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने नेम्वाङ नेकपा (एमाले) बाट उम्मेदवार बनेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको दोस्रो कार्यकाल पुरा गरेर आगामी फागुन २९ भित्र सरकारी निवास छाड्ने बताइएको छ । सरकारी निवासबाट भण्डारी बूढानीलकण्ठ–२ स्थित् घरमा सर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot