Logo

प्रचण्डविरुद्धको षड्यन्त्र नेपाललाई अध्यारोतर्फ धकेल्ने जनबैरीहरुको कुचेष्टा



काठमाडौं, २२ फागुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनबैरीहरुको निशानामा परेको बताएको छ । प्रदेश समितिले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध षड्यन्त्र गरेर नेपाललाई पुनः अध्यारोतर्फ धकेल्ने जनबैरीहरुको कुचेष्टा रहेको बताएको हो ।

‘राज्य र समाजको विभिन्न क्षेत्रमा लुकि बाँचेका जनबैरीहरुले यताका केहि महिनाहरुमा खुल्ला उपद्रवी हर्कत थालेका छन् । जनयुद्धका कमाण्डर तथा जनआन्दोलनसँग युद्धको उर्जालाई समायोजित गर्ने मुख्य कालिगढ हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्ड जनबैरीहरुको पहिलो निशानामा हुनुहुन्छ,’– विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री प्रचण्डको सार्वजानिक अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा रिट दायर भएको छ । सर्वोच्चमा रिट दायर भएसँगै माओवादी आन्दोलनका घटकहरु समेत बोल्न थालेका छन् । हिजो काठमाडौंमा प्रचण्डसहित पूर्वमाओवादीका नेताहरु एउटै कार्यक्रममा सहभागी थिए । उक्त अवसरमा पूर्वमाओवादी घटकहरुले जनयुद्धलाई अपराधीकरण गरिए इतिहास दोहोर्याउने चेतावनी दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot