Logo

ओलीको ब्रम्हास्त्रलाई आठ दलीय गठबन्धनको क्षेप्यास्त्रले ध्वस्त बनाउँछौं– कांग्रेस नेता थकाली (भिडियोसहित)



काठमाडौं, २३ फागुन । नेपाली काग्रेसका नेता एंव पूर्वमन्त्री रोमी गौचन थकालीले नेकपा (एमाले) का अध्याक्ष केपी शर्मा ओलीले प्रयोग गरेको ब्रह्मअस्त्र आठ दलीय गठबन्धनको क्षेप्यास्त्रले ध्वस्त बनउने उद्घोष गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीको षड्यन्त्रलाई गठबन्धनमा रहेका दलहरुले मिलेर प्रतिवाद गर्ने बताएका हुन् । ‘उहाँ (रामचन्द्र पौडेल) सबैको साझा उम्मेदवार हो । नेपाली कांग्रेसको मात्र उम्मेदवार होइन । नेपाली कांग्रेस उहाँको उम्मेदवार हो । उहाँ उम्मेदवार चाहिँ आठ दलबाट हुनुभएको हो । त्यो ब्रम्हास्त्रलाई आठ दलको क्षेप्यास्त्रले ध्वस्त पारिदिन्छ,’– उनले भने ।

साथै, आगामी फागुन २५ गते हुने राष्ट«पति निर्वाचनका आठ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलले जित्ने कुरामा कुनै शंका नरहेको उनको दाबी छ । अहिले गठबन्धनमा भएका दलहरु भन्दा बाहिरी सांसदहरुको पनि मत रामचन्द्र पौडेलको पक्षमा आउने उनको दाबी छ । अहिलेको आठ दलीय गठबन्धन आगामी पाँच वर्षसम्मकै लागि भएको उनले बताए । गठबन्धनमा असफल भएको खण्डमा राजनीतिक अस्थिरता आउने उनले बताए ।

आफू विपी कोइरालाको विचार र सिद्धान्तबाट प्रेरित भएर राजनीतिमा आएको उनले बताए । अहिले कांग्रेसले विपीको विचार र सिद्धान्त छोड्दै गएको भन्दै उनले दुःख व्यक्त गरे । आफूले कहिले पनि विपीको विचार र सिद्धान्तलाई नछाड्ने उनको स्पष्टोक्ति छ । साथै, अहिले मुलुकललाई भ्रष्टाचारको जालोबाट मुक्त गराउन आवश्यक रहेको उनको ठहर छ । भ्रष्टाचार उन्मुलनका लागि सबै क्षेत्रको साथ र सहयोग अपरिहार्य भएको उनको भनाई छ ।

साथै, उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा भारतीय सहयोगमा बौद्ध विश्वविद्यालय खोल्न लागेर चीन विरोधी गतिविधि सञ्चालन गरिएको भनी दिएको अभिव्यक्तिको प्रतिवाद गरे । मूस्ताङ्गी जनताले कहिले पनि कसैको अहित हुने काम नगर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot