Logo

पार्टी असल वा खराब हुने कुराले देशको भविष्य निर्धारण गर्छ : नेता रिजाल



काठमाडौं, २३ फागुन । नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले एउटा पार्टी असल वा खराब हुने कुराले देशको भविष्य निर्धारण गर्ने बताएका छन्। उनले एमालेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत मंगलबार जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा वडास्तरीय कार्यक्रममा बोल्दै पार्टी असल वा खराब हुने कुराले देशको भविष्य निर्धारण गर्ने बताएका हुन्।

उनले भने, ‘एउटा पार्टी असल वा खराब हुने कुराले देशको भविष्य निर्धारण गर्दछ। एमालेका सही नीतिका कारण आज गाउँगाउँमा विकास सम्भव भएको छ, सामाजिक सुरक्षाका प्रश्नमा जनता लाभान्वित भएका छन् र मुलुकले समृद्धिको मार्ग समातेको छ। तर हामीलाई अप्राकृतिक रूपमा घेराबन्दी गरेर यी सब कुरालाई अवरुद्ध पार्न खोजिएको छ। जनताको बलमा त्यसलाई परास्त गर्नेछौं।’



प्रतिक्रिया दिनुहोस्

Screenshot