काठमाडौं, २३ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दा अत्यन्त गम्भिर प्रकृतिको विषय भएको बताएका छन्।
११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा अध्यक्ष भट्टराईले प्रचण्डविरुद्धको मुद्दा अत्यन्त गम्भिर प्रकृतिको विषय भएको बताएका हुन्।
उनले भने, ‘द्वन्द्वकालिन मुद्दाहरुको निरुपण गर्नका निम्ति र द्वन्द्व पीडितहरुलाई परिपुरण दिनको निम्ति सत्य निरुपण तथा वेपत्ता आयोगको जुन व्यवस्था गरिएको थियो। त्यसलाई विभिन्न बहानामा त्यसलाई पूरा हुन नदिने र हुँदाहुँदै त अहिले एउटा सामान्य निहूँ बनाएर बहालवाला प्रधानमन्त्री, जो शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता नै हुनुहुन्छ। उहाँलाई एउटा सामान्य निहूँ बनाएर गिरफ्तार गरेर मुद्दा चलाउन सक्ने भन्ने ढंगको चाँही एउटा अदालती प्रक्रिया अघि बढेको छ। अब यो झट्ट हेर्दा सामान्य लाग्न सक्छ। तर यो अत्यन्त गम्भिर प्रकृतिको विषय छ।’