काठमाडौं, २३ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्याउन आग्रह गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्याउन आग्रह गरेको हो।
द्वन्द्वपीडितलाई न्याय प्रदान गर्ने भनिए पनि १६ वर्ष पूरा भइसक्दा समेत संक्रमणकालीन न्यायका कतिपय विषय टुङ्गोमा नपुग्नु चिन्ताको विषय भएको आयोगले जनाएको छ।