Logo

प्रचण्डले पीडित परिवारसँग माफी माग्नुपर्छ : अध्यक्ष थापा



काठमाडौं, २३ फागुन । पूर्वउपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका पीडितपरिवारसँग माफी माग्नुपर्ने बताएका छन्।

फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष थापाले प्रचण्डले जनयुद्धका पीडितपरिवारसँग माफी माग्नुपर्ने बताएका हुन्।

उनले लेखेका छन्, ‘ अहिले स्वयं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुहुन्छ। आफैं सरकार,आफैं विद्रोही नेता हुनुहुन्छ। साहस देखाउनु होस्। विगतमा भएका मानवता विरोधी अपराधको निम्ति आमजनता र विशेष गरी पीडित परिवारसँग माफी माग्नुहोस्। निष्पक्ष र विश्वसनीय व्यक्तिहरु संलग्न रहेको ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग ‘ गठन गर्नुहोस्। द्वन्दकालमा भएका सबै समस्याहरुको स्थायी समाधान गर्नुहोस्। जालझेल नगर्नुहोस्।’



प्रतिक्रिया दिनुहोस्

Screenshot