Logo

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं, २४ फागुन  । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ७६ पैसा र बिक्री दर १३१ रूपैयाँ ३६ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ४५ पैसा र बिक्री दर १४०रूपैयाँ ०९ पैसा रहेको छ।

त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ०८ पैसा र बिक्री दर १५७ रूपैयाँ ८०पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८४ पैसा र बिक्री दर ३६ रूपैयाँ ०१पैसा रहेको छ । आज मलेसियन रिङ्गिट एकको खरिद दर २९ रुपैया २४ पैसा र बिक्री दर २९ रुपैया ३७ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot