Logo

फेरि घट्यो सुनको मुल्य



काठमाडौं, २४ फागुन । आज बुधबार सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेर तोलामा एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको जनाएको हो ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख एक हजार पाँच सय र तेजाबी सुनको मूल्य तोलामा एक लाख एक हजार रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा एक लाख दुई हजार पाँच सय र तेजाबी सुनको मूल्य तोलामा एक लाख दुई हजार रुपैयाँ कायम थियो

यस्तै, आज चाँदीको मूल्य समेत ठूलो मात्रामा घटेको छ । महासंघकाअनुसार आज चाँदीको मुल्य तोलामा ४० रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय २५ रुपैयाँ कायम भएको छ



प्रतिक्रिया दिनुहोस्