Logo

दुर्गा प्रसाईँको ‘कालोमोसो’ अभियानका संयोजक थापा पक्राउ



काठमाडौं, २४ फागुन । दुर्गा प्रसाईँको कालोमोसो अभियानका संयोजक शम्भु थापा पक्राउ परेका छन् । थापाले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर बैक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएकाले उनलाई पक्राउ गरिएको बताइएको छ ।

थापालाई चितवनको भरतपुरस्थित मालपोत चोकबाट पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ । थापालाई मंगलबार पक्राउ गरिएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्