काठमाडौं, २४ फागुन । राष्ट्रपति निर्वाचनमा दुई जना संघीय सासंद्ले मतदान गर्न नपाउने भएका छन्।
विदेशमा उपचाररत रहेका नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारी र नेकपा (माओवादी केन्द्र)का सांसद् वर्षमान पुन मतदान गर्नबाट छुट्ने भएका हुन्।
सांसद् भण्डारी यतिबेला भारतमा उपचाररत रहेका छन् भने अर्का सांसद् पुन चीनमा उपचाररत रहेका छन्।
जो मतदाता हो उ स्वयं उपस्थित हुनुपर्ने र प्रतिनिधि राख्ने ब्यवस्था ऐनमा नभएको निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए । रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै सूचना अधिकारी अर्यालले भने, ‘प्रतिनिधि राखेर मतदान गर्ने ब्यवस्था ऐनमा छैन। उनीहरुले प्रतिनिधि मार्फत मतदान गर्न पाउँदैनन्।’
राष्ट्रपतिको निर्वाचन भोलि (बिहीबार) हुँदैछ।