काठमाडौं, २४ फागुन । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अहिलेको गठबन्धन कुर्सीकै लागि भएको बताएका छन्।
आज एकीकृत समावादी मोरङले उर्लाबारीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खनालले अहिलेको गठबन्धन कुर्सीकै लागि भएको बताएका हुन्।
उनले भने, ‘मंसिर ४ को निर्वाचनपछि अहिले तीन महिना भयो। यही समयमा तीनवटा समीकरण भइसक्यो। पाँच वर्षको समय बाँकी छ। त्यसैले धेरै गठबन्धन हेर्न बाँकी छ। अहिलेको गठबन्धन नीति तथा कार्यक्रममा भएको देखिएको छैन। कुर्सीकै कुरा हो।’