Logo

यस्तो थियो प्रधानमन्त्री प्रचण्डको विवादास्पद अभिव्यक्ति ? (भिडियोसहित)



काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला आफ्नो विवादास्पद अभिव्यक्तिका कारण आलोचनाको शिकार भएका छन् । उनको विवादास्पद अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रचण्डविरुद्धको रिटमा सर्वोच्चले दरपीठ गरेपनि रिट निवेदकले त्यसविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फूँयाल र ईश्वरप्रसाद खतिवडाको इजालसले रिट दर्ता गर्ने आदेश दिएको थियो ।
प्रधानमन्त्री प्रचण्डले २०७६ साल माघ १ गते माघी पर्वको अवसरमा टुँडिखेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्ध कालमा मारिएका १७ हजार मध्ये पाँच हजारको जिम्मा आफू लिने र बाँकी जिम्मा हिजोका राजा महाराजाहरुले लिन तयार हुनुपर्ने उनले बताएका थिए ।

माघी पर्वको अवसरमा उनले भनेका थिए– ‘मैले १७ हजार मान्छे मारेर आएको भन्ने तथ्याङ्क भन्ने गरिएको छ । (सहभागीबाट हो, हो भन्ने हुटिङ आउँछ) साथीहरु र आदरनीय जनसमुदाय यो सत्य होइन । यो सत्य होइन । सत्य के हो मलाई भन्न दिनुस् । सत्य के हो भने हिजोका सामन्ति राजाहरुले १२ हजार मारेका हुन्, मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु । राजाहरुले मारेको १२ हजारको चाहिँ कुरा नहुने । हिजोको राज्यले मारेको १७ हजारमध्ये १२ हजारको चाहिँ कुरा नहुने ? राज्यले मारेको पनि मेरै टाउकोमा हाल्ने गरियो भने यो न्याय हुँदैन ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot