Logo

प्रचण्ड–विप्लवको भेटवार्ता बाक्लियो, पार्टी एकताको सम्भावना बलियो बन्दै !



काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । आज (बुधबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर विप्लवले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनीहरुबीच संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने बारेमा छलफल भएको छ ।

प्रचण्डसँगको भेटमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए । केही दिनअघि नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक कार्यक्रमा प्रचण्डसहित पूर्वमाओवादी नेताहरु सहभागी थिए । उक्त कार्यक्रममा उनीहरुले जनयुद्धलाई अपराधीकरण गर्ने कोशिस भएमा पुनः इतिहास दोहोर्याउने चेतावनी दिएका थिए ।

जनयुद्धका मुद्धालाई निष्कर्षमा पुर्याउनका लागि पूर्वमाओवादी घटकहरु एक हुनुको विकल्प नभएको माओवादी धारका नेताहरुको बुझाई रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्