Logo

पपुवान्युगिनीविरुद्धको खेलमा नेपालको राम्रो सुरुवात



काठमाडौं, २५ फागुन। कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरको खेल सकिँदासम्म एक विकेट गुमाएर एक सय १० रन बनाएर खेलिरहेको छ । ओपनर कुशल भुर्तेल अर्धशतक समेत पूरा गरी ५४ रन बनाए भने आशिफ शेखले ४३ रन बनाएर खेलिरहेका छन् ।

भुर्तेल अर्धशतक पुरा गरी बाहिरिएका छन् भने कु्शल मल्ल अहिले नेपालको क्रिजमा खेलिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्