Logo

राष्ट्रपति निर्वाचनलाई लिएर रास्वपा अलमलमा, निर्णायक बैठक जारी



काठमाडौं, २५ फागुन । राष्ट्रपति निर्वाचनमा मतदान गर्ने विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी रहेको छ । राष्ट्रपति निर्वाचनमा रास्वपाबाट प्रतिनिधि सभाका १९ जना सांसद मतदाता छन् । राष्ट्रपति चयनका लागि मतदान कार्य सुरु भइसके पनि रास्वपामा कुन उम्मेदवारको पक्षमा मतदान गर्ने भनेर टुंगो लागिसकेको छैन ।

बैकठमा सहभागी एक नेताका अनुसार राष्ट्रपति निर्वाचनमा पार्टीको ह्वीप नलाग्ने भएकाले सांसदहरुलाई मतदानमा स्वतन्त्रता दिनुपर्ने माग पनि उठेको छ । तर, बहुसंख्यक सांसदहरुले नेपाली कांग्रेससहित नौ दलका साझा उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने प्रस्ताव राखेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्