Logo

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउँदै जसपा, रामसहाय प्रसाद यादवको सम्भावना उच्च



काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी (जसपा) ले उपराष्ट्रपति निर्वाचनको उम्मेदवार चयनका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक आज दिउँसो तीन बजेको लागि बोलाईएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै बस्नेतले भने– ‘उम्मेदवार टुंगो लगाउनका लागि आज बैठक बस्दैछौं । केन्द्रीय कार्यकारिणी समितिको बैठक आज तीन बजे बस्दैछ । कार्यकारिणी समितिको बैठकमा उपराष्ट्रपतिका लागि को उपयुक्त हुन्छ भन्ने छलफल भएर निर्णय हुन्छ,’– उनले भने ।

जसपाका अध्यक्ष उपेन्द्र यादव रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर आफू संसद् छिर्ने दाउमा छन् । रामसहाय बारा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उपराष्ट्रपतिमा रामसहायको नाम निश्चित जस्तै भएको जसपाका अर्का नेताले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot