Logo

मार्क इन्टरनेशनल किड्नी सेन्टरको ‘वाकाथन’ (फोटोफीचर)



काठमाडौं, २५ फागुन । मार्क इन्टरनेशनल किड्नी सेन्टरले स्थापनाको चौथो वार्षिकोत्सवको अवसरमा बिहीबार ‘वाकाथन’ प्रतियोगीताको आयोजना गरेको छ।

सेन्टरले बिहीबारदेखि फागुन २७ गतेसम्म विभिन्न कार्यक्रम गरेर आफ्नो चौथो वार्षिकोत्सव मनाउने लागेको हो।

बुधबार सेन्टरको तर्फबाट अध्यक्ष डा. अर्चन शम्शेर राणाले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका थिए। उनकाअनुसार सेन्टरले ‘स्वस्थ मृगौला स्वस्थ जीवन अभियान’ सञ्चालन गर्दै आएको छ। सेन्टरले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनको लागि आजसम्म धेरै कदम चालेको पनि जनाएको छ।

सेन्टरका अध्यक्ष राणाले भने,‘मिर्गौला स्वस्थ राख्न अपनाउने पर्ने जीवनशैलीलाई सहज गराउन यो संस्था आफ्नो सुविधाका साथ सधैं तत्पर रहँदै आएको छ। नेपाली समाजमा मृगौला रोगका साथै अन्य रोगहरुको पहिचान एवं रोकथाम सहज तरिकाले गराउनको लागि आवश्यक कदम चलाउँदै आएको छ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot