काठमाडौं, २५ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत पपुवा न्युगिनी(पीएनजी)लाई नेपालले पराजित गरेको छ।
आज किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको हो।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९. १ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ९७ रन जोड्दै पीएनजीलाई २ सय ९८ रनको लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले ४७.१ ओभरमा २ सय ४५ रनमा अलआउट भयो।