Logo

सेयर बजारमा उछाल, ५० दशमलव ०४ अंकले बढ्यो नेप्से



काठमाडौं, २५ फागुन । लगातार दोस्रो दिनपनि सेयर बजारमा उछाल आएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५० दशमलव ०४ अंकले बढेर दुई हजार दुई दशमलव ७० विन्दुमा पुगेको छ । २ दशमलव ५६ प्रतिशतले नेप्से बढ्दै गर्दा आज १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत दुई दशमलव ५० प्रतिशतले वृद्धि हुँदै तीन सय ७९ दशमलव ५० अंकमा उक्लिएको छ भने १३ वटै उपसूचक धनात्मक भएका छन् । हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा बढी ३.५९ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ३.४६ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक ३.२६ प्रतिशतले र जीवन बीमा समूहको उपसूचक ३.२२ प्रतिशतले बढेका छन् ।

बैंकिङ समूहको उपसूचक १.८२ प्रतिशतले बढेको यस दिन विकास बैंक २.९७ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक २.१७ प्रतिशतले, माइक्रोफाइनान्स समूह २.९९ प्रतिशतले, म्युचुअल फन्ड प्रो १.५३ प्रतिशतले, म्युचुअल फन्ड २.३१ प्रतिशतले, निर्जीवन बीमा समूह २.९० प्रतिशतले, ट्रेडिङ समूह २.०७ प्रतिशतले र अन्य समूहको उपसूचक २.२१ प्रतिशतले बढेका छन् ।

आज शिभम् पावर लिमिटेडका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का लगानीकर्ताले ५.८१ प्रतिशतले गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot