Logo

जसपाले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने



काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी (जसपा) ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।

जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकलाई यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जसपा सांसद प्रदीप यादवले बताए । उपराष्ट्रपति निर्वाचन आगामी चैत्र ३ गते हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्