Logo

भागबण्डाबारे बोले माधव नेपाल



काठमाडौं, २५ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाईं दिँदै गठबन्धनमा भागबण्डा ठूलो कुरा नभएको बताएका छन्।

राष्ट्रपति निर्वाचनको मत घोषणापछि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाईं दिँदै अध्यक्ष नेपालले गठबन्धनमा भागबण्डा ठूलो कुरा नभएको बताएका हुन्।

उनले भने,‘भागबण्डाको कुरा त्यति ठूलो कुरा होइन। भागबण्डामा अल्झिने भन्दापनि देश र जनताको लागि के गर्ने चिन्ताको विषय छ। तर, हामी सुरूमा मैले के पाएँबाट सुरू गर्छौं।’



प्रतिक्रिया दिनुहोस्