Logo

नवनिर्वाचित राष्ट्रपति पौडेलले पाए प्रमाणपत्र



काठमाडौं, २५ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र पाएका छन्।

निर्वाचनको मतपरिणाम घोषणापछि निर्वाचन आयोगले उनलाई राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो।

पौडेल आफ्ना प्रतिद्धन्दि नेकपा एमालेका सुवाशचन्द्र नेम्वाङलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

निर्वाचन परिणाम अनुसार जम्मा खसेको मतभार ४९ हजार ५ सय ९१ मध्ये पौडेलले ३३ हजार ८ सय २ मत पाएका छन्। पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन्।

यस्तै, उनका प्रतिद्धन्दी रहेका नेकपा एमालेका सुवाशचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मत प्राप्त गरेका छन्। नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए।

पौडेललाई ९ दलीय गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका मतदाताहरुले मत दिएका छन्।



प्रतिक्रिया दिनुहोस्