Logo

नागरिक उन्मुक्तिले रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने



काठमाडौं, २६ फागुन । नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । आज विहान सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बसेको पार्टी सचिवालय बैठकले पार्टी अध्यक्षसमेत रहेकी श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपराष्ट्रपति चयनका लागि आगामी चैत्र ३ गते निर्वाचन हुँदैछ । उपराष्ट्रपतिको उम्मेदवार जनता समाजवादी पार्टीले पनि उम्मेदवार तय गरिसकेको छ । जसपाले जसपा संसदीय दलको नेतासमेत रहेका रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्