काठमाडौं, २६ फागुन । नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेद्वार टुङ्गयाउन सचिवालय बैठक बोलाएको छ।
सचिवालय बैठक शनिबार बिहान ९ बजे बस्ने एमालेले जनाएको छ।
बैठकले उपराष्ट्रपतिको उम्मेद्वारको टुङ्गो लगाउने बताइएको छ।
यस्तै राष्ट्रपतिको निर्वाचनबारे समिक्षापनि हुने बताइएको हो।
उपराष्ट्रपति निर्वाचनका लागि भोलि नै मनोनयन दर्ता हुने कार्यसूची रहेको छ।