Logo

उपराष्ट्रपति निर्वाचनका लागि हामी पाँच दल एक छौं, जसपाबाटै उम्मेदवार बनाउँछौं– उपेन्द्र यादव



काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अघिको पाँच दलीय गठबन्धन एक भएको बताएका छन् । रिपोर्टर्स नेपालका लागि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले उपराष्ट्रपति निर्वाचनका लागि पूर्व पाँच दलीय गठबन्धनका दलबीच समझदारी बनिसकेको बताएका हुन् ।

‘निर्वाचन अघिका हामी पाँच दलहरु उपराष्ट्रपति निर्वाचनका लागि एक भएका छौं । कुनै समस्या छैन । पाँच दलका शीर्ष नेताहरुबीच हाम्रो पार्टीबाट रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने सहमझदारी बनिसकेको छ,’– उनले भने ।

रामसहाय यादवले उपराष्ट्रपति निर्वाचन भारी बहुमतले जित्नेमा कुनै शंका नरहेको पनि उनले बताए । रामसहाय जसपा संसदीय दलका नेतासमेत हुन् । कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच उपराष्ट्रपतिका लागि जसपाबाट उम्मेदवारी दिने सहमति बनेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्