Logo

जसपा कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी नेपाल, (जसपा) ले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिए । बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारीलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिने छ ।

जसपाले प्रतिनिधिसभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरिसकेको छ ।

त्यसैगरी सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले केन्द्रीय सदस्य ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot