Logo

उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गराउन संसद् भवन पुगिन् शाक्य



काठमाडौं, २७ फागुन । नेकपा (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवारी दर्ताका लागि संसद् भवन पुगेकी छन् । आज विहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

शाक्यको उम्मेदवारी दर्ताका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरु पनि संसद्स्थित् निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । उपराष्ट्रपति चयनका लागि आगामी चैत्र ३ गते निर्वाचन हुँदैछ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot