Logo

नेपालीहरु बहादुर मात्रै होइन, विद्वान पनि छन्– केपी ओली



काठमाडौं, २७ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरु बहादुरमात्रै नभएर विद्वान पनि भएको बताएका छन् । आज (शनिबार) काठमाडौंमा नेक्सस इन्टरनेशनल एकेडेमीको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल विभिन्न ज्ञानको उत्पत्तिको थलो भएको बताएका हुन् ।

‘नेपालीहरुलाई बहादुर मात्रै होइन, विद्वान पनि छन् । हाम्रा पुर्खाजस्ता विद्वान कोही छैनन् । वेदव्यास तनहुँका थिए, ऋषि विश्वामित्र शिवभन्दा पछाडि दर्शनशास्त्रका प्रणेता कोशी किनारमा बस्थे । कपिलमुनी सांख्य दर्शन र शिवयोगका अध्येता थिए,’– ओलीले भने । Photo By: Mukunda Kalikote 



प्रतिक्रिया दिनुहोस्