Logo

शितल निवास छोड्दै राष्ट्रपति भण्डारी



काठमाडौं, २८ फागुन । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिने भएपछि शितल निवास छोड्ने भएकी छिन्।

दुई कार्यकाल राष्ट्रपतिमा सरकारी निवासमा बिताएकी भण्डारी झण्डै ७ वर्षपछि आफ्नो निजि निवासमा सर्ने भएकी हुन्।

उनको भोलि(फागुन २९ गते) बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवास सर्ने तयारी रहेको सचिवालयले जनाएको छ।

२०७२ कात्तिक ११ गते पहिलो पटक र २०७४ साल फागुन २९ गते दोस्रो प‍टक राष्ट्रपति भएको भण्डारी गणतन्त्र नेपालको दोस्रो र पहिलो महिला राष्ट्रपति हुने अवसर पाएकी थिइन्।

राष्ट्रपति हुनुअघि नेकपा एमालेबाट राजनीति गरेकी भण्डारी नेपाल सरकारको मन्त्री र पार्टीको विभिन्न जिम्मेवारी सम्हालेकी थिइन्।

यस्तै, फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलिदेखि आफ्नो कार्यकाल सम्हाल्ने भएका छन्।

पौडेलको शपथ ग्रहण कार्यक्रम भोलि रहेको र सर्वोच्च अदालतका प्रधानन्यायाधीश नरहेको बेला कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाउने तयारी रहेको छ।



प्रतिक्रिया दिनुहोस्