Logo

निर्वाचन अधिकृतकहाँ पुगे उपराष्ट्रपतिका उम्मेद्‍वार यादव



काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी(जसपा)का संसदीय दलका नेता तथा उपराष्ट्रपतिका उम्मेद्‍वार रामसहाय प्रसाद यादव निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्।

यादवले शनिबार उपराष्ट्रपतिको उम्मेद्‍वारमा मनोनयन दर्ता गराएसँगै उनीविरुद्ध दुईवटा उजुरी परेको थियो।

उनीविरुद्ध एमालेबाट उपराष्ट्रपतिका उम्मेद्‍वार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट उपराष्ट्रपतिकी उम्मेद्‍वार ममता झाले उपराष्ट्रपतिमा महिला हुनपर्ने भन्दै अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।

सोही विषयमा जवाफ दिन यादव आयोगको कार्यालय पुगेका हुन्।

जसपाबाट यादव र प्रमिला कुमारी यादवको उपराष्ट्रपतिमा उम्मेद्‍वारी परेको छ। यस्तै, एमालेबाट शाक्य र जनमतबाट झा गरी जम्मा ४ जनाको उम्मेद्‍वारी परेको हो।

निर्वाचन आयोगको उम्मेद्‍वारहरुलाई आज उम्मदवारी फिर्ताको मौका दिने, ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र चैत ३ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ।



प्रतिक्रिया दिनुहोस्