Logo

८ रनमै युएईले फेरि गुमायो चौथो विकेट



काठमाडौं, २८ फागुन । आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको युएईलाई ८ रनमै चौथो विकेट पतन भएको छ।

युएईका आशिफ खान १२ बलमा ६ रन बनाउँदै आउट भएका छन्। उनको विकेट सोमपाल कामीले लिएका हुन्।

यस्तै, युएईले ८ रनमै तेस्रो विकेट पनि गुमाएको थियो। ललित राजवंशीले आफ्नो दोस्रो विकेट लिएका छन्। उनले युएईका कप्तान मुहम्मद वासीमको विकेट लिएका हुन्। वासीम ८ बलमा १ रन बनाउँदै आउट भएका छन्।

नेपालका लागि दोस्रो विकेट दिपन्द्रसिंह ऐरीले लिएका छन्। उनले आफ्नो पहिलो ओभरको चौथो बलमा आर्यन लाक्राको विकेट लिएका हु्न्। लाक्रा शून्य रनमा आउट भएका छन्।

यस्तै, पहिलो ओभर बलिङ गर्न आएका ललितले पाँचौ बलमा युएईका ओपनर भरिटाया अरविन्दलाई शून्य रनमा आउट गर्दै पहिलो विकेट लिएका थिए।

२ सय ४९ रनको लक्ष्य पाएको युएई ताजा अवस्थामा ४ ओभरमा २ विकेट गुमाउँदै ८ रनमा रहेको छ।

नेपालले ४९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ४८ रन जोडेको हो।

टस जितरे पहिला ब्याटिङ् गरेको नेपालले खराब सुरुवात गरेपनि कप्तान रोहित पौडेलले टिमको इनिङ्‍सलाई सम्हालेका थिए।

रोहितले ११२ बलमा ९ चौका प्रहार गर्दै ७७ रनको योगदान गरेका छन्।

शून्य रनमा ओपनर आशिफ शेखलाई गुमाएको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई ८ रनमै गुमाएको थियो।

यस्तै, कुशल मल्ल ९ रनमा आउट हुँदा भिम सार्की २९ रन जोड्दै आउट भए।

आरिफ शेखले ४३ रन बनाउँदा गुल्सन झाले ३७ रनको योगदान दिए।

त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३४ रन बनाउँदा सन्दीप लामिछानेले २ रन जोडे।

युएईका लागि आयन अफजल खान, जाहुर खान, जावर फरिद र रोहन मुस्ताफाले समान २/२ विकेट लिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot