काठमाडौं, २८ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको सबै संलग्नता त्यागेका छन्।
पद तथा गोपनियताको शपथ लिनु एक दिनअघि उनले आइतबार (आज) कांग्रेससँगको संलग्नता परित्याग गरेका हुन्।
राष्ट्रपति पौडेलले कांग्रेसको कुनैपनि सांगठनिक संरचनामा नरहने घोषणा गरेर केन्द्रीय कार्यालयमा पत्र पठाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पौडेल गत बिहिवार भएको निर्वाचनमा एमाले उम्मेद्धार सुवासचन्द्र नेम्वाङलाई फराकिलो मतान्तरले हराँउदै मुलुकको तेस्रो राष्ट्रपति चुनिएका थिए।
यसैबीच नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि (सोमबार) शपथ लिने भएका छन्। राष्ट्रपतिको कार्यालय शीतलनिवासले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ।