काठमाडौं, २८ फागुन । साताको पहिलो कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेप्से २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा झरेको हो ।
आज कूल एक अर्ब ६६ करोड बराबरको कूल २६० कम्पनीको ४७ लाख ७२ हजार कित्ता शेयर किनबेच भएकोमा एक सय ८६ कम्पनीका लगानीकर्ताले उल्लेख्य मात्रामा गुमाएका छन् । २६ कम्पनीको मुल्य बढेको छ भने ६ वटा कम्पनीको मुल्य स्थिर रह्यो ।