Logo

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब टुंग्याउन माओवादी धाराका दलको दवाब



काठमाडौं, २८ फागुन । माओवादी धारका छ दलहरुले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पुरा गर्न सरकारसँग माग गरेको छ । आज (आइतबार) माओवादी धारका छ दलले संयुक्त पत्रकार सम्मेलन गर्दै संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा अविलम्ब पुरा गर्न माग गरेको हो । माओवादी धारका नौ दलले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेपनि पत्रकार सम्मेलनमा छ दलमात्रै सहभागी भए ।

‘अविलम्ब आवश्यक कानुन बनाई शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न हामी सरकारसँग विशेष अपील गर्दछौं । विस्तृत शान्ति सम्झौता र त्यसलाई आफ्नो अभिन्न अंग मानेको नेपालको संविधानले द्वन्द्वकालीन घटनाहरूको निरुपण गर्ने जिम्मेवारी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिएको छ । यो ऐतिहासिक सन्दर्भ र संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताका विरूद्ध हुने तथ्य पनि स्पष्ट छ,’– संयुक्त विज्ञप्तिमा भनिएको छ ।

संक्रमणकालीन न्याय फौजदारी अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट समाधान गरिनु पर्ने उनीहरुको माग छ ।  संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्वकालका सबै मुद्धाहरू सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारभित्र पर्ने उनीहरुको दाबी छ ।

शान्ति सम्झौताका पक्षधर सम्पूर्ण राजनीतिक दल, नागरिक समाज एवं आम जनसमुदायलाई संक्रमणकालीन न्यायका पक्षमा ऐक्यवद्धताका लागि पनि अपील गरिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot