Logo

स्ववियु निर्वाचन– नेपाल ल क्याम्पसमा अखिल (क्रान्तिकारी) र नेविसंघबीच गठबन्धन, सभापतिको उम्मेदवार ढुंगेल



काठमाडौं, २८ फागुन । नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बीच तालमेल हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) र नेविसंघले साझा उम्मेदवार बनाउन लागेको हो । सभापति अखिल (क्रान्तिकारी) को भागमा परेको छ भने नेविसंघले सचिवमा उम्मेदवार उठाउने बताइएको छ ।

रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँगको संक्षिप्त कुराकानी गर्दै नेपाल ल क्याम्पस कमिटी अखिल (क्रान्तिकार) का अध्यक्षसमेत रहेका विष्णु ढुंगेलले भने– ‘नेपाल ल क्याम्पसमा नेविसंघ र अखिल (क्रान्तिकारी) बीच स्ववियु निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको छ । सभापति अखिल (क्रान्तिकारी) लाई र सचिव नेविसंघले लिने कुरामा सहमति भएको छ,’– ढुंगेलले भने ।

साथै, अखिल (क्रान्तिकारी) ले क्याम्पस कमिटीका अध्यक्षसमेत रहेका ढुंगेललाई सभापतिको उम्मेदवार बनाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot