Logo

कुर्सी भन्दा काम ठूलो हो– मन्त्री किराँती



काठमाडौं, २८ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले कुर्सी ठूलो नभई कुर्सीमा बस्नेले गर्ने काम ठूलो हुनुपर्ने बताएका छन् ।

‘फोनिजको अभियान, सञ्चारमा पहिचान’ भन्ने मूल नाराका साथ आज आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा उनले भने– “अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण जनताले सजिलोसँग बुझ्नै पर्छ ।”

उनले मन्त्रालय जनताको हो भन्दै जनतासँग सहकार्य गर्न आफू तयार रहेको बताए । जनताको प्रगति नै मुलुकको उन्नतिहो भन्दै उनले त्यसकालागिपर्यटन व्यवसायपहिलो सर्त भएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot