काठमाडौं, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । आज (सोमबार) चितवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै रास्वपाका सभापति रवि लामिछानेले तत्काल सरकारमा जाने तयारी नरहेको बताएका हुन् ।
रास्वपाको अहिले तत्काल सरकारमा जाने तयारी नरहेको र अहिले आफूहरु परिस्थितिलाई मूल्याङ्कनमात्रै गरिरहेको लामिछानेले बताए ।