
काठमाडौं, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु सरकारमा सहभागी नहुने प्रष्ट पारेका छन् ।
पार्टी कार्यालय धुम्बराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान सरकारमा सहभागी नहुने बताएका हुन् ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई प्रथमिकतामा राखेको छैन । अहिले सरकारमा सहभागी हुने सम्भावना कम छ । प्रधानमन्त्रीले विश्वासको मत मागेपछि हामी आफ्नो धारणा बनाउँछौं,’– अध्यक्ष लिङ्देनले भने ।