Logo

पीएनजीले दियो नेपाललाई ९६ रनको सामान्य लक्ष्य



काठमाडौं, २९ फागुन । आइसिसी विश्वकप लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीले नेपाललाई ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पीएनजीमाथि सुरूदेखि दवाब बनाएको थयो ।

३२ ओभरमा पीएनजीले सबै विकेट गुमाएर ९५ रनमा सिमित भएको हो । नेपालका स्पिनर सन्दीप लामिछानेले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गर्दै पीएनजीका महत्वपूर्ण पाँच विकेट लिएका छन् । अर्का स्पिनर ललित राजवंशी र कुसल मल्लले समान दुई दुई विकेट लिएका छन् ।

पीएनजीको लागी कप्तान आसाद्द भालाले २० सेसे बाउले १८ तथा चार्लेस आमिनिले १६ रन बनाए ।



प्रतिक्रिया दिनुहोस्