Logo

राष्ट्रपतिमा पराजित नेम्वाङ बने एमाले संसदीय दलको उपनेता



काठमाडौं, २९ फागुन । नेकपा (एमाले) संसदीय दलको उपनेतामा सुवास नेम्वाङ नियुक्त भएका छन् । राष्ट्रपति निर्वाचनमा पराजित भएका नेम्वाङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको उपनेताको जिम्मेवारी दिएका हुन् ।

नेम्वाङ यसअघि पनि पाँच वर्ष संसदीय दलको उपनेता भइसकेका छन् । ‘उक्त सम्बन्धमा, तपाईंलाई नेकपा (एमाले) संघीय संसदीय दलको उपनेतामा मनोनयन गरेको छु। तदनुरुप यस पदको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु हुनेछ भन्ने विश्वास लिएको छु,’– एमाले अध्यक्ष ओलीको हस्ताक्षर रहेको पत्रमा भनिएको छ ।

हिजोमात्रै प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस्