Logo

१० मन्त्रालयसहित कांग्रेस सरकारमा सहभागी हुँदै



काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन् ।

वीरगञ्जका सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता रिजालले चैतको ५ वा ६ गतेभित्र कांग्रेसमा सहभागी हुने तयारी भइरहेको बताएका हुन ।

‘कुन–कुन मन्त्रालय लिने र क–कस्लाई मन्त्री बनाउने बिषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरुसँग छलफल भइरहेको छ । उपराष्ट्रपतिको चुनाव सकिने बित्तिकै हामी सरकारमा जान्छौँ,’– उनले भने ।

नेपाली कांग्रेसले नौ वा १० मन्त्रालय लिएर सरकारमा जाने करिब–करिब सहमति भएको उनको भनाइ छ । “कुन नेताको नेतृत्वमा सरकारमा जाने विषयमा कुनै ठोस निर्णय भइसकेको छैन । पार्टीले जसको आवश्यकता देख्छ, सरकारको नेतृत्व उसैले गर्छ, तर पार्टीले निर्णय गरिसकेको छैन,’– उनले भने ।

आठ दलीय गठबन्धनबाट उपराष्ट्रपतिका लागि तीनजनाको उम्मेदवारी परे पनि अन्तिम समयसम्ममा एकजना उम्मेदवारमा सहमति हुने जिकिर गर्नुहुँदै उहाँले यस विषयमा गठबन्धन आबद्ध दलबीच प्रयास भइरहेको बताए ।

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल तटस्थ भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै नेता रिजालले राष्ट्रपति पौडेलबाट प्रजातन्त्रको स्थायित्व र संविधानको रक्षा हुने उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot