Logo

आसिफ बने यस वर्ष सर्वाधिक रन बनाउने विश्वकै दोस्रो ब्याट्सम्यान



काठमाडौं, २९ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर एवं ब्याटसम्यान आसिफ शेख सन् २०२३ मा एकदिवसिय अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडिको सुचिमा दोस्रो स्थानमा उक्लिएका छन उनले ११ खेलमा ४१० रन बनाएका छन् ।

विश्वकप लिग– २ अन्तर्गत घरेलु मैदानमा जारी अन्तिम त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा आसिफले एक शतक र एक अर्धशतक बनाइसकेका छन् ।

सन् २०२३ मा एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने भारतका सुबमन जिल हुन् । उनले ६ खेलमा ५६७ रन जोडेका छन् ।

त्यस्तै तेस्रो स्थानमा इङल्याण्डका जोस बटलर रहेका छन उनले ६ खेलमा ३७२ रन जोडेका छन् भने चौथो स्थानमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल रहेका छन ।



प्रतिक्रिया दिनुहोस्