Logo

सीसीपीआईटीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)



काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाइना काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) को कार्यक्रमलाई सम्बोधन गरेका छन् । उनले कार्यक्रमलाई सम्बोधन गर्दै सीसीपीआईटीले विद्यमान व्यापारिक सम्बन्धलाई सुदृढ गर्न र नेपाल र चीनबीचको आर्थिक तथा व्यापारिक साझेदारीका नयाँ क्षेत्रहरू खोज्ने उत्कृष्ट अवसर प्रदान गरेको बताए ।

‘नेपाल र चीनका प्रमुख व्यापारिक नेताहरूमाझ आउन पाउनु मेरो लागि खुसीको कुरा हो। हामी हाम्रो नजिकको, मित्रवत छिमेकी चीनबाट उच्च(स्तरीय व्यापार प्रतिनिधिमण्डल प्राप्त गर्न पाउँदा खुसी छौं। यस फोरमले विद्यमान व्यापारिक सम्बन्धलाई सुदृढ गर्न र नेपाल र चीनबीचको आर्थिक तथा व्यापारिक साझेदारीका नयाँ क्षेत्रहरू खोज्ने उत्कृष्ट अवसर प्रदान गरेको मलाई विश्वास छ,’– उनले भने ।

कार्यक्रमा सीसीपीआईटीका उपाध्यक्ष झाङ शाओगाङ, नेपालका लागि जनवादी गणतन्त्र चीनका चेन सोङ, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्