काठमाडौं, ३० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई लक्षित गर्दै आफूलाई भनेजस्तो नभए बन्दुकमा खिया लागेको छैन भन्दै धम्क्याउने गरेको बताएका छन्।
काठमाडौंमा आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली राजनीतिको एक पक्ष(माओवादी) आफूलाई भनेजस्तो नभए बन्दुकमा खिया लागेको छैन भन्दै धम्क्याउने गरेको बताएका हुन्।
उनले भने, ‘नेपालको राजनीतिको एउटा पक्ष आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भन्छ। हामीले उल्लङ्घन गरेको मानवअधिकारको पनि कुरा गर्ने? वाह ! तिनीहरु नै मानवअधिकारका कुरा गरेर थाक्दैनन्।’